साँझ ६ बजेपछि उपनिर्वाचनको प्रचार–प्रसारमा चितवन प्रशासनको रोक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साँझ ६ बजेपछि उपनिर्वाचनको प्रचार–प्रसारमा चितवन प्रशासनको रोक


५ मंसिर २०७६, बिहिबार


काठमाडौँ । चितवन प्रशासनले मंसिर १४ गते हुने उपनिर्वाचनमा साँझ ६ बजेपछि प्रचारप्रसार गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनको आह्वानमा बसेको सर्वपक्षीय बैठकले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रचारप्रसार गर्न दिने निर्णय गरेसँगै ६ बजेपछि प्रचार प्रसार गर्न नपाईने भएको हो ।

बिहीबार सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचनलाई सुरक्षित र भयरहित बनाउनका लागि प्रचारप्रसारको समयावधि निर्धाण गरेको हो।

उपनिर्वाचनका लागि लागू भएको निर्वाचन आचारसंहितालाई सबै पक्षले पूर्णरूपमा परिपालना गर्ने र गराउने निर्णय गरेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चार माध्यमलगायत सबै पक्षबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चितवनमा भरतपुर महानगरपालिका १६, खैरहनी नगरपालिका ४ र ५ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचनमा पाँच राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस