मन्त्री महासेठ हटाउँदा मतदाताको दिपावली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्री महासेठ हटाउँदा मतदाताको दिपावली


५ मंसिर २०७६, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट रघुवीर महासेठलाई हटाएपछि उनकै क्षेत्रमा उनकै क्षेत्रका मतदाताले खुशियाली मनाएका छन्।

बिहीबार साझ धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा स्थानीय मतदाताले मैनबत्ती बाल्दै खुशियाली मनाएका हुन्।

चुनाव जितेपछि गाउँलेलाई वेवास्ता गरेकोले उनी हटाईएकोमा आफूहरु औधि खुसि भएको स्थानीयबासिन्दाको भनाई छ ।

महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस