प्राधिकरणका इलेक्ट्रिकल हेल्पर घुसहित नियन्त्रणमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्राधिकरणका इलेक्ट्रिकल हेल्पर घुसहित नियन्त्रणमा


५ मंसिर २०७६, बिहिबार


घुस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण कलैया वितरण शाखा बारामा कार्यरत इलेक्ट्रिकल हेल्पर (तह–२) राजदेव महतो कोइरीलाई रु नौ हजार घुसहित आज नियन्त्रणमा लिएको छ ।

नयाँ विद्युत् मिटर जडान गर्नका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले निजलाई सेवाग्राहीसँग रु ९ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो । इलेक्ट्रिक हेल्पर कोइरीलाई कलैया उपमहानगरपालिका–३ स्थित चिया पसलबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस