२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट

अ+ अ-

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र श्रमजीवी वर्गका पक्षमा लडिरहने प्रण गरेका छन् ।

मन्त्री पदबाट बाहिरिएपछि मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा उनले सरकार बदलिने र मन्त्रिमण्डल फेरबदल स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै आफू देश र जनताको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

‘जनताको पक्षमा काम गर्दा निकै ठूलो चुनौतीको सामना गर्नुपर्छ भन्नेमा म पहिल्यै जानकार थिएँ’, विष्टले भने, ‘वैदेशिक रोजगारी सुधारका साथै जनताको पक्षमा काम गर्दा ठूलो अप्ठ्यारोमा पारियो ।’

उनले आफू श्रममन्त्रीका रूपमा कार्यरत रहँदा वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवा, पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताए । ‘आफू थप ऊर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको छु’, उनले भने, ‘मन्त्रीका रूपमा काम गर्ने अवसर प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीप्रति कृतज्ञ छु ।’

नवनियुक्त मन्त्री रामेश्वरराय यादवलाई कार्यकाल सफलताको शुभकामना दिँदै उनले श्रमजीवी वर्गको पक्षमा आफूले चालेको कदम सफल हुने विश्वास व्यक्त गरे । ‘बेरोजगारी, अभाव तथा गरीबीसँग लडिरहेका नेपालीलाई थोरै भए पनि राज्यका तर्फबाट सुरक्षा प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याइएको छ’, ती कार्यक्रम सफलताप्रति आशङ्का व्यक्त गर्दै उनले भने, ‘वैदेशिक रोजगारीसम्बन्धी ठगी रोकेर न्याय दिन, यस क्षेत्रमा रहेको विकृति विसङ्गति नियन्त्रण गर्न सफल हुने विश्वास गर्दछु ।’रासस