आयात प्रतिस्थापनका उद्योग विकास र पवर्द्धनका लागि प्रतिवद्ध छु : मन्त्री भट्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आयात प्रतिस्थापनका उद्योग विकास र पवर्द्धनका लागि प्रतिवद्ध छु : मन्त्री भट्ट


५ मंसिर २०७६, बिहिबार


काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्योगको विकास र प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयमा आज आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्टीको घोषणापत्रमा उल्लेखनीय गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपुर्ण हुने बताए ।

जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रुपमा उपलब्ध गराउनुपर्ने जोड दिँदै उनले जनअपेक्षालाई दृष्टिगत गरी कार्यसम्पादन गर्न निर्देशन दिए । राष्ट्रिय गौरबका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने उनको भनाइ थियो ।

सोही मन्त्रालयका नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले देशमा उद्योगको अवस्था खस्किदै गएको अहिलेको अवस्थामा उद्योगको विकास गरी आयात कम गरी व्यापार घाटा कम गर्नुपर्नेविचार व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस