जनकपुरमा एक महिलाले जन्माइन् तिम्ल्याहा शिशु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जनकपुरमा एक महिलाले जन्माइन् तिम्ल्याहा शिशु


५ मंसिर २०७६, बिहिबार


जनकपुरधाम । जनकपुरमा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का बजरंगप्रसाद जयसवालकी पत्नीले धनुषा अस्पतालमा एकै पटक तीन शिशु जन्माएकी हुन् । उनको कोखबाट एकै पटक दुई छोरी र एक छोराको जन्म भएको छ ।

प्रसुति व्यथा लागेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने अनिषा जयसवाललाई जनकपुरधामस्थित धनुषा अस्पतालमा भर्ना गरिएको थियो । २६ बर्षीया उनको बिहीबार एकै पटक तिम्ल्याहा बच्चा जन्माएकी हुन् ।

शल्यक्रिया मार्फत प्रसुति गराउँदा तिम्ल्याहाको जन्म भएको महिलाका पति बजरंग जयसवालले बताए । जन्मेका बच्चाहरुको तौल २ किलो, एक किलो ७ सय र एक किलो ५ सय ग्राम रहेको अनिषाको शल्यक्रिया गर्ने चिकित्सक बृजमोहन रजकले बताए । एक किलो ५ सय ग्राम तौल भएको शिशुलाई एनआइसियुमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस