घुस नखाने उद्योग राज्यमन्त्री मोती दुगडको प्रण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घुस नखाने उद्योग राज्यमन्त्री मोती दुगडको प्रण


५ मंसिर २०७६, बिहिबार


काठमाडौँ । उद्योग राज्यमन्त्री मोती दुगडले घुस नखाने प्रण गरेका छन् ।

बिहीबार पदभार ग्रहण गर्दै उनले प्रधानमन्त्रीको माया तथा सद्भाव र पार्टीको विश्वासले राज्यमन्त्री भएको बताउँदै भगवान साक्षी राखेर घुस नखाने प्रण गरेको बताएका छन् ।

उनले आफूलाई सबै पुगेकोले केही पाउनु नभएको बताउदै कर्मचारीलाई साथ दिन आग्रह गरेका छन् । यतिबेला उद्योगीको मनोबल खस्किएकाले सुधार गर्ने बेला आएको बताउँदै मन्त्री दुगडले उद्योगीलाई रेड कार्पेट ओच्छ्याउने वातावरण बनाउनेसमेत दावी गरेका छन् ।

उद्योगीसमेत रहेका दुगडले आफू राज्यमन्त्री नियुक्त भएलगत्तै व्यवसायी उत्साहित भएको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस