उद्योगलाई एक नम्बरको मन्त्रालय बनाउने मन्त्री भट्टको उद्घोष « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उद्योगलाई एक नम्बरको मन्त्रालय बनाउने मन्त्री भट्टको उद्घोष


५ मंसिर २०७६, बिहिबार


काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफ्नो मन्त्रालयलाई एक नम्बर मन्त्रालय बनाउने उद्घोष गरेका छन् ।

दीर्घकालीन योजना पूरा गर्दै अघि बढ्ने बताएको भट्टले पुरानो ढर्राले नभई समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्ने बताएका हुन् ।

बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री भट्टले एक अर्कालाई सिक्ने र सिकाएर एक ढिक्का भएर अघि बढ्ने बताए ।

दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका भट्टले कर्मचारीहरुलाई सचेत गराउँदै सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन गर्न निर्देशनसमेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस