सरकारी गाडी सिँहदरवारमै छोडेर ट्याक्सीमा घर फर्किए निवर्तमान मन्त्री विष्ट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारी गाडी सिँहदरवारमै छोडेर ट्याक्सीमा घर फर्किए निवर्तमान मन्त्री विष्ट


५ मंसिर २०७६, बिहिबार


काठमाडौँ । निवर्तमान श्रसरकारी गाडी सिँहदरवारमै छोडेर ट्याक्सीमा घर फर्किए निवर्तमान मन्त्री विष्ट गोकर्ण विष्ट मन्त्रीका रुपमा पाएको सरकारी गाडी सिँहदरवारमै छोडेर ट्याक्सीम चढेर घर फर्किएका छन् ।

मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा सहभागी पछि घर फर्किने क्रममा विष्टले सिंहदरवार बाहिर आएर ट्याक्सि खोजेर घर फर्किएका हुन् ।

बिदाई कार्यक्रममा बोल्दै मन्त्री विष्टले जनताको पक्षमा काम गर्नु जोखिमपूर्ण हुन्छ भन्ने अनुमान आफूले पहिल्यै गरेको भएपनि त्यसको अनुभव भने अहिले गरेको बताएका छन् ।

देशभित्र र देशबाहिर श्रम बगाइरहेका युवाहरूको हितमा आफ्नो आवाज गुञ्जिरहने बताउँदै उनले सामाजिक काम मार्फत पार्टिको इमान्दार कार्यकर्ताको भूमिका निर्वाह गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस