२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखापाल नहुँदा आर्थिक कारोवार ठप्प

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोवार ठप्प भएको छ । दुईवटै गाउँपालिकाको कार्यालय गत साउन महिनादेखि लेखापालविहीन छन् । लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न योजनाको उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकिएको छ ।

शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको छ । कार्यरत लेखापाल समायोजनपछि अन्यत्र सरुवा भएर गएको र नयाँ नआएकाले समस्या भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। “लेखापाल पठाउन अनुरोध गर्दै कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रशासन हुँदै सङ्घीय सरकारका मन्त्रालयसम्म पुग्यौं तर कोही आएनन्”, अध्यक्ष पुनले भने, “कार्यालय सञ्चालनका लागि महत्वपूर्ण लेखा शाखा कर्मचारीविहीन भएपछि आर्थिक करोवार ठप्प भएको छ ।”

सम्झौता भएका योजनाका उपभोक्ता समितिलाई पेश्की र काम सकेका योजनाको भुक्तानीदेखि कर्मचारीलाई तलब खुवाउनेलगायत सबै आर्थिक कारोवार ठप्प भएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताए । बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन हुनसकेको छैन । मालिका गाउँपालिकामा सात वडा छन् । सातवटै वडा कार्यालय पनि सचिवविहीन भएका छन् । सचिवको विकल्पमा स्वास्थ्य संस्थाका अनमीलाई पञ्जाधीकारीको समेत जिम्मेवारी दिएको मालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले बताए ।

आठ वडा रहेको अन्नपूर्ण गाउँपालिकामा पनि तीन मात्र सचिव छन् । एक सचिवलाई तीन वडासम्मको जिम्मेवारी दिएको प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताए । वडा नं ८ राम्चेमा पञ्जाधिकारीको जिम्मेवारी अनमी बनिका गर्बुजालाई दिइएको छ ।

साविककै दरबन्दीअनुसार पदपूर्ति हुन नसकेको र दुर्गमका स्थानीय तहमा कर्मचारी जान नमानेका कारण समस्या भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । वडासचिव, कम्प्युटर अपरेटर, इञ्जिनीयर, सवइञ्जिनीयर, लेखापाल पदका कर्मचारीको अभाव भएको हो ।

कतिपय लेखापालले दुई वटा कार्यालयको जिम्मेवारी सम्हालेका छन् । कोष तथा लेखा नियन्त्रक चन्द्रशेखर सापकोटाले अन्य कार्यालयका लेखापाललाई गाउँपालिकाको पनि जिम्मेवारी दिएको बताए । कोलेनिकाले खटाएका लेखापालहरुले स्थानीय तहमा दबाबमा काम गर्नुपर्ने भएकाले त्यहाँ गएर काम गर्ने वातावरण नभएको प्रतिक्रिया दिएका छन् ।