काठमाडौँ । आन्तरिक राजश्व विभागले सबैभन्दा बढी कर तिर्ने करदाताको नामावली सार्वजनिक गरेको छ ।
आठौँ राष्ट्रिय कर दिवशको अवसरमा विभागले २०७६ मा विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने करदाताको नामावली सार्वजनिक गर्दै पुरस्कृत समेत गरेको हो ।
आर्थिक वर्ष २०७५र७६ मा सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रा.लि. परेको छ । यस्तै दोस्रोमा डाबर नेपाल प्रा.लि., तेस्रोमा जगदम्बा प्रा.लि. र चौथोमा राष्ट्रिय वाणिज्य बैंकले धेरै कर तिरेका छन् । कृषितर्फ सर्वा्िधक कर तिर्नेमा अन्नपूर्ण एग्रो रहेको छ भने लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, स्वास्थ्य शिक्षातर्फ मणिपाल नेपाल, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी, व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेटेड र सूचना सञ्चारमा वर्ल्डलिंंक कम्युनिकेसनले सबैभन्दा धेरै कर तिरेर सम्मानित भएका छन् ।
यस्तै मध्यमस्तरीय करदातामा कामना सेवा विकास बैंक र मूल्य अभिवृद्धि कर भ्याट धेरै बुझाउनेमा घोराही सिमेन्ट रहेको छ । यसैगरी सबैभन्दा धेरै व्यक्तिगत कर तिर्ने सिद्धार्थ शम्शेर राणालाई पनि विभागले सम्मान गरेको छ ।
हेर्नुहोस् नामावली :








