प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा दाहाल नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा दाहाल नियुक्त


४ मंसिर २०७६, बुधबार


काठमाडौँ । प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा अधिवक्ता बाबुराम दाहाल नियुक्त भएका छन्। २५ वर्षदेखि कानुन व्यवसायमा संलग्न अधिवक्ता दाहाल सार्वजनिक खरिदसम्बन्धी कानुनका विज्ञका रुपमा चिनिन्छन् ।

मकवानपुरका स्थायी दाहालले कर्पोरेट ल’मा पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम गरेका छन् ।

तत्कालीन एमालेको कानुन व्यवसायीको संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संघ(पीपीएलए) को सचिवका रुपमासमेत उनले काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस