मोबाइल एपबाटै कर तिर्न सकिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मोबाइल एपबाटै कर तिर्न सकिने


४ मंसिर २०७६, बुधबार


काठमाडौँ । सरकारले मोबाइल एपबाटै कर तिर्न सकिने व्यवस्था गरेको छ ।

करदाताको सहजताका लागि आन्तरिक राजस्व विभागले मोबाइल एप सञ्चालनमा ल्याएको हो । मोबाइल एपबाट घरमै बसेर सरकारलाई तिर्नुपर्ने विभिन्न प्रकारका कर तिर्न सकिने विभागले जनाएको छ ।

आठौँ कर दिवसका अवसरमा यही मङ्सिर १ गतेदेखि लागू हुने गरी विभागले एप सञ्चालनमा ल्याएको हो । यसका लागि करदाताले आफ्नो मोबाइलमा आइआरडी नेपाल नामको मोबाइल एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ । एपल एप स्टोर र गुगल प्ले स्टोर मार्फत सञ्चालनमा ल्याएको उक्त एपबाट विभिन्न १२ सुविधा लिन सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस