१५ न्यायाधीश सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१५ न्यायाधीश सिफारिस


४ मंसिर २०७६, बुधबार


काठमाडौँ । उच्च अदालतमा १५ न्यायाधीश सिफारिस गरिएको छ ।

न्यायपरिषदको बुधबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट १ जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो।

जिल्ला अदालतका न्यायाधीश किरण कुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ,सुदर्शन राज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारीलाई परिषदले उच्च अदालतमा ल्याएको छ ।

न्यायाधीश पोखरेललाई विराटनगर उच्च अदालत, श्रेष्ठलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलास, पाण्डेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलास, अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलास, न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलास र भण्डारीलाई उच्च अदालत विराटनगरका लागि नियुक्ति सिफारिस गरिएको परिषदले जनाएको छ।

महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिनालाई उच्च अदालत जनकपुरको राजविराज इजलासको न्यायाधीशमा सिफारिस गरेको छ।

परिषद्का अनुशार अधिवक्ताबाट मिलन कुमार राई उच्च अदालत दिपायल, राजुराम सिलवाल उच्च अदालत विराटनगरको ओखलढुंगा इजलास, मेरीना श्रेष्ठ उच्च अदालत तुलसीपुर, मिना गौतम सेढाईं उच्च अदालत पाटन, र सोमकान्त मैनालाई उच्च अदालत विराटनगरको धनकुटा इजलासका लागि न्यायाधीश नियुक्ति गर्न सिफारिस गरिएको छ ।

तुलसीपुर उच्च अदालतको वुटवल इजलासका न्यायाधीश दयानाथ खरेलले मंसिर १५ मा अवकास पाएपछि देशबहादुर सार्कीलाई, उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्र सिवाकोटीले मंसिर १६मा अवकास पाएपछि रेखा थापा पाण्डेलाई र उच्च अदालत पोखराका जगतबहादुर श्रेष्ठ मंसिर २१ मा अवकास पाएपछि किरण कुमारी गुप्तालाई नियुक्ति गर्ने गरी सिफारिस गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस