सचिव सुवेदीले सम्हाले सञ्चार मन्त्रालयको कार्यभार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सचिव सुवेदीले सम्हाले सञ्चार मन्त्रालयको कार्यभार


४ मंसिर २०७६, बुधबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् ।

प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भएका सचिव सुवेदीले बुधबार सिँहदरवरस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हालेका हुन् । उनको ठाउँमा केही समयअघि मात्रै सचिवमा बढुवा भएको रामकृष्ण सुवेदीलाई पठाइएको छ ।

सचिव सुवेदीलाई मन्त्रालयका मन्त्रालय, विभाग तथा विभिन्न महाशाखा तथा विभागका प्रमुखहरुले स्वागत गरेका थिए । मन्त्रालयको सचिव महेन्द्रमान गुरुङले अनिवार्य अवकास लिएपछि संचारमा सचिवको पद खालि रहेको थियो ।

कार्यभार सम्हालेसँगै उनले सबै कर्मचारीहरुसँग आवश्यक छलफल गरेर मन्त्रालयको कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सचिव सुवेदी कर्मचारी वृत्तमा शालिन तथा भद्र कर्मचारीका रुपमा चिनिँदैै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस