काम नगर्ने कर्मचारीहरुलाई राजीनामा दिन एक मन्त्रीको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काम नगर्ने कर्मचारीहरुलाई राजीनामा दिन एक मन्त्रीको निर्देशन


४ मंसिर २०७६, बुधबार


काठमाडौँ । सरकारका एक मन्त्रीले काम नगर्ने कर्मचारीलाई राजिनामा दिन भनेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन्।

बुधबार मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको जानकारी दिए । उनले राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा रहेका र सन्तोषजनक काम नगरेकालाई तत्काल वाटो खाली गर्न पनि आग्रह गरे ।

यदी अटेर गरे आफूले हटाउने भन्दै कामको आधारमा हटाउँदा अदालत गएर नरुन उनले आग्रह गरेका छन् । साथै उनले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाउन पनि निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस