सांसद नेम्वाङद्वारा ३० वटा योजना छनोट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसद नेम्वाङद्वारा ३० वटा योजना छनोट


४ मंसिर २०७६, बुधबार


फिदिम । प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ३० वटा योजना छनोट गरेका छन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले पाँचथरका सात वटा स्थानीय तहहरुमा सञ्चालन हुने योजना छनोट गरेको हो । छनोट भएका अधिकांश योजना ग्रामीण सडक निर्माण र स्तरोन्नतिका छन् । बाँकी भवन निर्माण, विद्युतीकरण र खेलमैदानका योजना छन् । उपनिर्वाचन हुन लागेका पाँचथरको फिदिम नगरपालिका, हिलिहाङ र फाल्गुनन्द गाँउपालिकाका लागि एक महिना अघि नै योजना छनोट भइसकेका थिए । जसअनुसार हिलिहाङ गाउँपालिकामा रु एक करोडको कूल लागतका पाँच वटा योजना सांसद नेम्वाङले छनोट गरेका छन् ।

यसैगरी फिदिम नगरपालिकामा रु एक करोड ३० लाख कूल लागतका छ वटा र फाल्गुनन्द गाउँपालिकामा रु एक करोड ६० लाखका १५ वटा योजना छनोट भएका छन् । यस्तै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको हालै सम्पन्न बैठकले कुम्मायक, मिक्लाजुङ, फिदिम र फालेलुङमा एक/एक वटा ठूला योजना सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार कुम्मायकमा यासोक–भदौरे–साँवाखोला मोटरबाटो स्तरोन्नतिका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ ।

यसैगरी मिक्लाजुङमा दशमी–आरुबोटे–लिम्बा मोटरबाटो स्तरोन्नतिका लागि रु ५० लाख, फिदिममा इथुङ–तमाखे–त्रिवेणी–पञ्चमी दोभान सडकका लागि रु ५१ लाख ५० हजार र फालेलुङ गाँउपालिकामा मगरचेप्पा–बाँसबोटे–लुवाफू–पापुङदेन–हेवाखोला सडक स्तरोन्नतिका लागि रु ५० लाख विनियोजन गरिएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिका सदस्य सचिव, जिल्ला समन्वय अधिकारी विनोदकुमार दाहालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस