राष्ट्रपतिसँग नेकपा अध्यक्षद्वयको भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिसँग नेकपा अध्यक्षद्वयको भेट


४ मंसिर २०७६, बुधबार


काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

बुधबार बिहान शितलनिवास पुगेर अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् ।

आजै बिहान राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस