करिना परिवारलाई सहयोगका लागि बैङ्क खाता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

करिना परिवारलाई सहयोगका लागि बैङ्क खाता


३ मंसिर २०७६, मंगलबार


धादिङ । करिनाको परिवारलाई सहयोगका लागि बैङ्क खाता खोलिएको छ ।

गरिबीका कारण बाबुले आत्महत्या गरेपछि भोकै बस्न बाध्य तीन जना बालबच्चाको लागि सहयोग जुटाउन खाता खोलिएको हो ।

गरिबीले आत्महत्या पछि तीन बच्चा भोकै शीर्षकमा प्रशासन डटकममा समाचार प्रकाशन पश्चात् देश विदेशबाट विभिन्न व्यक्तिहरूले सहयोग गर्न चाहेको खबर पछि ७ वर्षीय छोरी सोममाया थापामगर, १० वर्षीय काजी थापामगर र १२ वर्षीय करिना थापामगरको नाममा सानिमा बैङ्क धादिङ बेसीमा खाता खोलिएको छ । करिना/सोमकुमारी/काजिराम थापामानगरको संयुक्त नाममा रहेको उनीहरूको खाता नम्बर ००४०११०८००००३८८ रहेको छ । सहयोग गर्न चाहने व्यक्तिहरूले उनीहरूको यो खातामा सहयोग रकम जम्मा गर्न सकिने छ ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका यमबहादुरले कार्तिक २० गते आत्महत्या गरेका थिए । तीन वर्षदेखि प्यारालाइसिस भएकी श्रीमती लक्ष्मी थापामगरको घर खेत बेचेर उपचार गर्दा पनि निको नभएर शरीर नचल्ने र बोल्नसमेत नसक्ने अवस्थामा पुगेपछि डिप्रेसनको औषधि खाँदै आएका यमबहादुरले घरसंगैको रूपमा पासो लगाएर आत्महत्या गरेका थिए ।

सम्बन्धित समाचार : गरिबीले आत्महत्या पछि तीन बच्चा भोकै

बुबाले आत्महत्या गरेपछि बिरामी आमाको स्याहार गर्ने जिम्मा तीन जना बालबालिकाको काँधमा आएको थियो । परिवारको सहारा नै नभएपछि घरमा खानेकुरा सकिँदा बालबालिकाहरू भोक भोकै स्कुल जान थालेका थिए ।

प्रतिक्रिया दिनुहोस