निर्मला हत्याकाण्ड : पत्रकार खेम भण्डारी एक घण्टाका लागि जेल चलान « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

निर्मला हत्याकाण्ड : पत्रकार खेम भण्डारी एक घण्टाका लागि जेल चलान


३ मंसिर २०७६, मंगलबार


काठमाडौँ ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी  एक घण्टाका लागि जेल चलान भएका छन् ।

निर्मला पन्त हत्या प्रकरणबारे सामाजिक सञ्जालमा अदालतको अवहेलनामा हुने खालका सामग्री पोष्ट गरेको भन्दै जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई तीन शर्तसहित एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

यसअघि कञ्चनपुर प्रहरीले भण्डारीविरुद्ध अबहेलना मुद्दा दायर गरेको थियो भने कञ्चनपुर बारले पनि मुद्दा दायर गरेको थियो । निर्मला प्रहरणमा उनले सामाजिक सञ्जालमा निरन्तर लेख्दै सो प्रकरणलाई नै आफ्नो पक्षमा पार्ने प्रयास गर्दैै आएका थिए ।

पन्तको ०७५ साउन १० गते बलात्कार पछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

त्यसयता हत्यामा संलग्नलाई पक्राउको माग गर्दै लामो समय आन्दोलन समेत भएको थियो । तर सो प्रकरणमा अहिलेसम्म दोषी फेला पर्न सकेको छैन । हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन एसपी डिल्लीराज विष्टसहित दर्जनको हाराहारीमा प्रहरी निलम्बनमा परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस