मन्त्रिमण्डल हेरफरको समाचारबारे नेकपा अध्यक्ष प्रचण्डको आपत्ति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिमण्डल हेरफरको समाचारबारे नेकपा अध्यक्ष प्रचण्डको आपत्ति


३ मंसिर २०७६, मंगलबार


काठमाडौं । मन्त्रिमण्डल हेरफेरको समाचारबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । मन्त्रिण्डल परिवर्तनबारे विभिन्न मिडियामा भ्रामक समाचार आएको भन्दै उनले आपत्ति जनाउँदै समाचारको खण्डन गरेका हुन् ।

अध्यक्ष प्रचण्डको सचिवालयले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित अनर्गल र भ्रामक समाचारको घोर भत्र्सना गरेको छ ।

विप्तिमा भनिएको छ, ‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस