चेक किर्तेको आरोप लागेका प्रहरी जवान निलम्बित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चेक किर्तेको आरोप लागेका प्रहरी जवान निलम्बित


२ मंसिर २०७६, सोमबार


जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक किर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा ३ वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी निलम्बनमा परेका हुन् । उनलाई बैंकबाट रकम किर्ते गरेको आरोपमा निलम्बन गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रहरी जवान द्विवेदीले बिहीबार सदरमुकाम जलेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा आफ्नै नामको रु तीन हजारको एउटा तथा रु ४ हजारको अर्को चेक सदर गरी पुनः रु ३ हजारको चेकलाई रु ३० हजार तथा रु चार हजारको चेकलाई रु ४० हजार लेखेर बैंकको काउण्टरबाट रु ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशङ्कर यादवले बताए ।

बैंकमा बिहीबार हिसाब मिलान गर्दा नमिलेपछि सबै चेक जाँच गर्दा द्विवेदीले चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले प्रहरी उपरीक्षक अधिकारीलाई जानकारी गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस