वाम गठबन्धन काग र कोइली जस्तो : नेता सिटौला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वाम गठबन्धन काग र कोइली जस्तो : नेता सिटौला


२ मंसिर २०७६, सोमबार


गलकोट । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताएका छन् ।

उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा आज भएको कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दे सिटौलाले संघीयता कार्यान्वयन गर्ने नेकपा र संघीयता चाहिदैन भन्ने पार्टी राष्ट्रिय जनमोर्चाको तालमेलले जनता हसाएको आरोप लगाए ।

आगामी मङ्सिर १४ गते हुन गइरहेको बागलुङ क्षेत्र नं– २ प्रदेशसभा ‘ख’मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी आयोजना गरिएको सभामा बोल्दै नेता सिटौलाले नेकपाले आफ्ना कार्यकर्ताको मर्म विपरीतको कार्य गरेको भन्दै कांग्रेसले खबरदारी गर्ने बताए । सिटौलाले कार्यकर्तालाई आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा जुट्नका लागि आग्रह गरेका थिए । कांग्रेसका चुनावी अभियानका लागि सभापति शेरबहादुर देउवा, युवा नेता गगन थापा बागलुङ आउने कार्यक्रम रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस