मन्त्रीहरु कर्मचारीसँग घुस लिएर सरुवा–बढुवा गर्छन् : नेता नेपाल « प्रशासन
Logo १८ मंसिर २०७८, शनिबार
   

मन्त्रीहरु कर्मचारीसँग घुस लिएर सरुवा–बढुवा गर्छन् : नेता नेपाल


२ मंसिर २०७६, सोमबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाएका छन् ।

नेकपा नेतृत्वको सरकारले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिरहेका बेला सो पार्टीका बरिष्ठ नेता नेपालले सो कुरा बताएका हुन् ।

नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालको दावी छ । ‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन,’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ ।’

वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे । स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कार्वाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस