लुकिङ ग्लास नराख्ने र स्वरुप परिवर्तन गरेर चलाउनेमाथि कारवाही हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुकिङ ग्लास नराख्ने र स्वरुप परिवर्तन गरेर चलाउनेमाथि कारवाही हुने


१ मंसिर २०७६, आइतबार


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ ।

लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज एक सूचना जारी गरी जनाएको छ ।

लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत शनिबार पहिलो दिन ३४५ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले अन्य मापसे जाँच तथा ट्राफिक नियम उल्लङ्घन विरुद्ध कारवाही अभियान पनि जारी राखेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस