विप्लवको गृहनगरमा ५ थान एसएमजी राइफल बरामद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्लवको गृहनगरमा ५ थान एसएमजी राइफल बरामद


३० कार्तिक २०७६, शनिबार


कपिलवस्तु । नेपाल प्रहरीले कपिलवस्तुको शिवनगरबाट ५ थान एसएमजी राइफलसहित त्यसमा प्रयोग हुने म्यागजिन र गोली बरामद गरेको छ । नियन्त्रणमा लिइएका हतियार तथा गोली विप्लव समूहको भएको प्रहरी दाबी छ ।

शिवनगर नगरपालिका–१ बाट शुक्रबार साँझ ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोलीले विशेष सूचनाको आधारमा कपिलवस्तुको शिवनगरस्थित एक गोठबाट सुटकेसभित्र राखिएको अवस्थामा ती हातहतियार नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।

बरामद हतियार विप्लव समूहको हुनसक्ने प्रहरीको आशंका छ । यसबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस