रक्षामन्त्री पोखरेल युएई प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रक्षामन्त्री पोखरेल युएई प्रस्थान


३० कार्तिक २०७६, शनिबार


काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युएई प्रस्थान गरेका छन् । युएईका रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा रक्षामन्त्री पोखरेल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनी आइतबार हुने दुबई एयर–शो’को उद्घाटन समारोहमा सहभागी हुन दुबई प्रस्थान गरेको बताइएको छ ।

उनले त्यहाँका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

दुबईले सन् १९८६ देखि ‘दुबई एअर शो’को आयोजना गर्दै आएको छ । उक्त आयोजनामा नेपाल पहिलो पटक सहभागी हुन लागेको हो ।

भ्रमण टोलीमा नेपाली सेनाका प्रर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनन्त कार्की, परराष्ट्र मन्त्रालयको मध्य तथा पश्चिम एशिया र अफ्रिका महाशाखाका सहसचिव हरिश्चन्द्र घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका स्वकीय सह–सचि दीपेन्द्र श्रेष्ठ लसहभागी छन् ।

रक्षामन्त्री पोखरेलसहितको भ्रमण टोली मंसिर ४ मा स्वदेश फर्किने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस