आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


२९ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आलमविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।

रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । उनले भने आरोप अस्वीकार गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस