२६ केजी गाँजासहित एक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२६ केजी गाँजासहित एक पक्राउ


२९ कार्तिक २०७६, शुक्रबार


लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको गस्ती टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ बाट २६ केजी गाँजासहित जिल्लाको धनगढीमाई नगरपालिका–१४ निवासी ५० वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको छ ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

यस्तै कर्तव्य ज्यान मुद्दामा फरार धनगढीमाई नगरपालिका–१० निवासी ६० वर्षीय रामेश्वर सिंहलाई आज प्रहरीले पक्राउ गरेको छ । घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा सिंहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस