बंगलादेशका राष्ट्रपति हमिद स्वदेश फर्किँदा विमानस्थल आधा घण्टा बन्द हुने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बंगलादेशका राष्ट्रपति हमिद स्वदेश फर्किँदा विमानस्थल आधा घण्टा बन्द हुने


२९ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

चारदिने सदभावना भ्रमणका लागि गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपराह्न करिब ५ बजे स्वदेश फर्किँदैछन् ।

उनी बंगलादेशको राजधानी ढाका उड्नुअघि शुक्रबार अपराह्न ४ बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल बसाइँको क्रममा राष्ट्रपति हमिदले समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस