पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न तहमा कर्मचारी (सूचनासहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न तहमा कर्मचारी (सूचनासहित)


२९ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लोक सेवा आयोगको सहमतिमा ६० जना कर्मचारीका लागि आवेदन माग गरेको छ।

संस्थानले १० औं तहदेखि ३ औं तहसम्मको विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। सह–प्राध्यापकका लागि ५ जना, सहायक प्राध्यापकमा लागि १७ जना, सिनियर स्टाफ नर्सका लागि ५ जना, फार्मेसी अधिकृतका लागि २ जना, रेडियोलोजीमा १ जना, पुस्तकालय अधिकृत १ जना, जुनियर स्टाफ नर्स २० जना, रेडियोग्राफ २ जना, सिनियर पुस्तकालय सहायक २ जना, ल्याव असिस्टेन्ट ४ जना र जुनियर लेखा अधिकृत १ जना गरी ६० जना कर्मचारी मागेको हो।

आवेदन दिने अन्तिम म्याद मंसिर १९ गतेसम्म र दोब्बर दुस्तुर तिरेर भने २६ गतेसम्म दिनपाउने प्रतिष्ठानले जनाएको छ। परीक्षा दस्तुर लक्ष्मी बैंकमा तिर्नु पर्ने प्रतिष्ठानले जनाएको छ।

यसैगरी आवदेन भर्नका लागि ललितपुर लगनखेलको केन्द्रीय कार्यालयमा बुधबार र शनिबार बाहेक अन्य दिन बिहान १० बजेदेखि ३ बजेसम्म पुग्नु पर्ने छ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस