प्रहरीले भीड नियन्त्रण गर्न ५ वटा ‘वाटर क्यानोन’ भित्र्यायो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रहरीले भीड नियन्त्रण गर्न ५ वटा ‘वाटर क्यानोन’ भित्र्यायो


२८ कार्तिक २०७६, बिहिबार


काठमाडौं । नेपाल प्रहरीले भीड नियन्त्रण गर्न ५ वटा  ‘वाटर क्यानोन’ भित्राएको छ । नेपाल प्रहरीको लागी नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा ‘वाटर क्यानोन’द्वारा ‘सेल्फ स्प्रे’ प्रदर्शन, ५५ मिटर तथा ३० मिटर दुरीमा पानीको फोहरा प्रदर्शन र भीडमा सहभागीको पहिचान गर्न सहज होस् भनेर प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा देखाइएको थियो ।

नेपाल प्रहरीका लागि हाल ५ वटा नयाँ ‘वाटर क्यानोन’ खरिद भएका छन् । यसअघि १ वटा ‘वाटर क्यानोन’ रहेको थियो ।

उत्तेजित भिड तथा अग्नी नियन्त्रणमा प्रयोग हुने प्रत्येक नयाँ  ‘वाटर क्यानोन’ मा १८ वटा अश्रु ग्याँस सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता रहेको छ ।

‘वाटर क्यानोन’मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन् । ‘अपर क्यान’मा ५५ मिटरको दुरीसम्म र ‘लोअर क्यान’मा ३० मिटरको दुरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस