विवाह गर्दै आँचल शर्मा ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विवाह गर्दै आँचल शर्मा !


२८ कार्तिक २०७६, बिहिबार


काठमाडौं । नेपाली सिने जगतकी चर्चित अभिनेत्री आँचल शर्माले विवाह गर्ने भएकी छन् । एक वर्षदेखि डा.उदीप श्रेष्ठको प्रेममा रहेकी आँचलले एक अन्तर्वार्तामा आफुले विवाह गर्न लागेको बताएकी हुन् । तर विवाह गर्ने भनेपनि मिति भने खुलाएकी छैनन् ।

उदीपको तारिफ गरेर नथाक्ने आँचलले भिडियो अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम छ ।’

प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चाहना अनुसार आफुहरू वैवाहिक सम्बन्धमा बाँधिन आँचलले बताउदै आएकी छन् । आँचलको नजिकका साथीका अनुसार उनले मंसिर मै बिवाह गर्दै छिन् ।

गत साता पोखरामा ब्याचलर पार्टी दिएकी नायिका ऋचा शर्मा पनि अहिले बिबाह तयारीमा जुटेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस