युवा संघको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

युवा संघको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो


२८ कार्तिक २०७६, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ। संघको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले संघको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमाले निकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादी निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) रहेका छन् । पार्टी एकतापछि जनवर्गीय सङ्गठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्ग्याउने संघ पहिलो सङ्गठन हो ।

जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुङ्ग्याउनेछ । संघको ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ। बैठकले आगामी शनिबार काठमाडौँमा केन्द्रीय समितिको शपथग्रहण तथा केन्द्रीय कमिटी बैठक र मङ्सिर १ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको संघका संयोजक सापकोटाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस