निदान अस्पतालका सिइओसहित पाँच जना जेल चलान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निदान अस्पतालका सिइओसहित पाँच जना जेल चलान


२७ कार्तिक २०७६, बुधबार


काठमाडौं । ललितपुरस्थित निदान अस्पतालका सिइओसहित पाँच जना पूर्पक्षका लागि जेलचलान गरिएका छन् । मृगौला तस्करीको आरोपमा जिल्ला अदालत ललितपुरको आदेश अनुशार उनीहरुलाई मंगलबार जेल चलान गरिएको हो ।

नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको आरोप उनीहरुमाथि लागेको छ । मृगौला प्रत्यारोपण गरिएका व्यक्ति रामेछाप दोरम्बा–३ का शंकर लामा योञ्जन हुन् ।

उनीहरु पाँचै जनालाई मानव बेचविखन मुद्दामा जेल चलान गरिएको जनाइएको छ ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मृर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई गत असोज २९ गत मृर्गौला तस्करी काण्डमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस