प्रधानमन्त्रीको गृह जिल्लामा २५ तले भ्यू टावर बन्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीको गृह जिल्लामा २५ तले भ्यू टावर बन्दै


२७ कार्तिक २०७६, बुधबार


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा २५ तले भ्यू टावर बन्ने भएको छ । दमक नगर पालिका–३ दापगाछिमा टावर बन्न लागेको हो ।

संघीय सरकार अन्तर्गतको सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँको लागतमा निर्माण सुरु गरेको हो । निर्माणका लागि चीनको जेटसीजीआईईसी र नेपालको आशिष, आम साइराम जेभी ललितपुरले संयुक्तरुपमा ठेक्का पाएका छन् ।

निर्माणका लागि २०७६ असार २७ मा ठेक्का सम्झौता भएको थियो । ०७८ पुस २७ मा निर्माण गरी सक्नुपर्ने छ ।

भ्यू टावरका लागि पाँच बिघा जमिन छुट्याइएको छ । टावरमा १८ तला स्थायी संरचना र ७ तला स्टिलको संरचानामा हुने बताइएको छ ।

टावरमा प्रत्येक तला ४ मिटर उचाइको हुनेछन् । २ सय बढी सवारी राख्न मिल्ने अन्डरग्राउन्ड पार्किङ, व्यवसायिक पसल, सेमिनार हल, कमन हल प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालयहरु पनि रहनेछन् ।

प्रधानमन्त्री ओली अघिल्ले पटक प्रधानमन्त्री हुँदा ले टावर निर्माणको लागि निर्णय गरेका थिए । निर्णय लगत्तै ०७३ जेठ २८ गते शिलान्यास गरेको थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस