२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जागिरबाट अवकाशप्राप्त जीवन : अशक्तलाई लठ्ठी उपहार

अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चन्द्रप्रसाद आचार्य यतिखेर घरैमा घङ्गारुको लठ्ठी निर्माण गरेर ८० वर्षमाथिका  तथा अशक्तलाई वितरण गर्नमा व्यस्त छन् ।

विसं २०७४ जेठ १९ गते सरकारी (जागिर नायबसुब्बा) बाट अवकाश प्राप्त ६३ वर्षीय आचार्यले एक वर्षभित्र एक हजार आठ ज्येष्ठ नागरिक तथा अशक्तलाई लठ्ठी प्रदान गर्ने लक्ष्यका साथ गत वैशाख १ गतेबाट अभियान गरेका हुन् ।

हरेक वृद्धवृद्धाका लागि एउटा लठ्ठी परिवारका सदस्यजस्तै साहरा हुने भएकाले ‘एक वृद्धवृद्धा एक लठ्ठी’ उपलब्ध गराउने अभियान थालेको आचार्यले बताए । “जुनसुकै वृद्धवृद्धा र अशक्तका लागि परिवारका सदस्यजस्तै पहिलो र नजीकको साथी लठ्ठी हो”, उनले भने, “उनीहरु चौबीसै घण्टा आफ्नो छोराछोरीको साथमा हुँदैनन् । त्यो अवस्थामा बुढेसकालको सहारा भनेको लठ्ठी भएकाले अभियान थालेको हुँ ।”

लठ्ठी उपहार दिने अभियान शुरु गरेदेखि हालसम्म ५५० ज्येष्ठ नागरिकलाई प्रदान गरिसकेको आचार्यले बताए । “शुरुमा १०८ वृद्धवृद्धालाई एक–एक थान लठ्ठी प्रदान गर्ने गरी अभियान थालेको थिएँ”, उनले भने, “बीचमा धेरै वृद्धवृद्धा बाँकी रहने थाहा पाएपछि एक हजार आठलाई प्रदान गर्ने निर्णय लिएको छु ।”

धार्मिक ग्रन्थमा १०८ र एक हजार आठ दान गर्नुको विशेष अर्थ र महत्व भएकाले एक हजार आठ नै पुर्‍याउने लक्ष्य लिएको आचार्यले बताए । हालसम्म आचार्यले दिक्तेल, लफ्याङ, खाल्ले, दोर्पाचिउरीडाँडा, नुनथला, बाक्सिला, रतन्छालगायत तराईमा बसोबास गरिहेका वृद्धवृद्धालाई समेत लठ्ठी प्रदान गरिसकेका छन् ।

छिमेक तथा नजीक पर्ने गाउँघरका वृद्धृवद्धालाई आफैँ गएर लठ्ठी दिने गर्नुभएका आचार्यले टाढा–टाढाका वृद्धवृद्धालाई उनीहरुको आफन्तमार्फत लठ्ठी पठाइदिने गरेका छन् । उनले छरछिमेकमा रहेका ज्येष्ठ नागरिकदेखि साकेला गाउँपालिका–२ रतन्छाका १०८ वर्षका नन्दलाल फुयाँलसम्मलाई लठ्ठी पुर्‍याइसकेका छन् ।

खबर आए र पुर्‍याइदिने माध्यम भए १०० वर्ष नाघेका नेपालका पूर्वपश्चिम जुनसुकै ठाउँका वृद्धवृद्धालाई लठ्ठी उपहार पठाइदिने लक्ष्य राखेको आचार्यले बताए । उनले औषतमा रु एक हजारदेखि एक हजार ५०० मूल्य पर्ने लठ्ठी निर्माण गरेर वृद्धवृद्धालाई प्रदान गर्दै आएका छन्।

लठ्ठी उपहार प्रदान अभियान चलाइरहनुभएका आचार्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको सिरुबासबाट घुङ्गारुको काँचो लाथ्रोे झिकाउने गरेका छन् । एक पटकमा १४/१५ लाथ्रो ल्याइदिने स्थानीयवासीलाई उहाँले प्रतिपटक रु एक हजार २०० पारिश्रमिक उपलब्ध गराउँदै आएका छन् ।

एउटा लठ्ठी तयार पार्न लठ्ठीको साइज र बुट्टाअनुसार एक दिनदेखि पाँच दिनसम्म लाग्ने गरेको उनको अनुभव छ । उनको दिनचर्या आकर्षक लठ्ठी ताछ्न, खौरिन, थरिथरिका आकर्षक स्वरुप दिनमै बितिरहेको हुन्छ । उमेर ढल्कँदै गए पनि तन्दुरुस्त देखिने आचार्यले समाउने ठाउँमा चरा, माछा, फूलको कोपिला, बाच्छालगायतको आकृति भएको लठ्ठी बनाउने गरेका छन्। उनले रेती, ह्याक्सो ब्लेड, कर्द, खुकुरी, विभिन्न साइजका छिनोजस्ता घरेलु हतियार प्रयोग गरेर लठ्ठी बनाउने गरेका छन् ।

आचार्यले उपहार दिने लठ्ठीको डाँठमा निर्माण गर्ने र पाउनेको नाम, ठेगाना र लठ्ठी नम्बर लेखिएको हुन्छ । त्यही लठ्ठीमा “बुढेसकालको सहारा अभिन्न मित्रको रुपमा टेक्नु हुनेछ” भनिएको शब्द उल्लेख हुन्छ । आचार्यको घरमा पुग्दा घरायसी काम, साथीभाइसँग भेटघाटबाहेक अधिकांश समय उनलाई लठ्ठी खिप्नमै व्यास्त रहेको भेटिन्छ । कुनै दिन निद्रा नलागे बिहान ३ बजे नै उठेर लठ्ठी ताछ्ने गरेको उनले बताए ।

आचार्यसँग बाँसको चोयाबाट बुनिने ढाकाको जस्तो टोपी, ह्याट र कोट बुन्ने सीप पनि छ । ढाकाको जस्तो छ वटा टोपी बुनेकामा सबै बिक्री भएको र त्यसमध्ये एउटा रु चार हजार ५०० मा बिक्री भएको थियो । ग्राहकको माग भए लठ्ठी, पिठ्यूँ कन्याउने पञ्जा, चोयाको टोपी तयार पारेर उपलब्ध गराउने आचार्य बताउँछन् । हातको सीपसँगै उनले रक्तचन्दनको बिरुवासमेत घरैमा उमारेर सङ्घसंस्था तथा कार्यालयलाई वितरण गर्दै आएका छन् ।

श्रीमती, छोराबुहारीसँग मिलेर तीन पोखरीमा ग्रास तथा कमनकार्प, मुङ्ग्रीलगायत विभिन्न प्रजातिका माछा पाल्नुभएको छ । रुद्राक्षको गोडमेल, हेरचाहलगायत काममा पनि उनको अवकाश प्राप्त समय खर्च भइरहेको छ ।

विसं २०३७ कात्तिक १५ गते बहुमुखी विकास कार्यकर्ता तथा गाउँ पञ्चायत सचिव (खरिदार) पदका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । सेवा प्रवेशका क्रममा गौरादहमा सात महिना काम गरेपछि उनी खोटाङको बुइपामा सचिवका रुपमा आफ्नै जिल्ला आएका थिए । जागिरका सिलसिलामा ताप्लेजुङमा विसं २०४२ देखि २०४७ सम्म काम गर्नुभएका आचार्य प्रजातन्त्रको पुनःवहालीपछि पुनः खोटाङ फर्किएका थिए।