बङ्लादेशका राष्ट्रपति हमिदसँगको उच्चस्तरीय भेटवार्ता आज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बङ्लादेशका राष्ट्रपति हमिदसँगको उच्चस्तरीय भेटवार्ता आज


२७ कार्तिक २०७६, बुधबार


काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद हमिदसँगको उच्चस्तरीय भेटवार्ता आज बुधबार हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने भ्रमणका लागि मंगलबार नेपाल आएका हमिदसँग आज बुधबार उच्चस्तरीय भैटवार्ता हुने छ ।

मंगलबार राष्ट्रपति भण्डारीले विमानस्थलमै पुगेर बङ्गलादेशी समकक्षीलाई स्वागत गरेकी हुन् । उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपका सलामी अर्पण गरेको थियो ।

बिहान १०ः५० बजे राष्ट्रिय सभाका अध्यक्ष गण्ेशप्रसाद तिमिल्सिना र ११ बजे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति हमिदको भेटवार्ता हुने छ । दिउँसो २ बजे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमिदसँग शिष्टाचार भेट गर्ने छन् ।

यस्तै, दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली र ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शिष्टाचार भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति भण्डारी र समकक्षी राष्ट्रपति हमिदबीच अपरान्ह ४ः३० देखि ५ बजेसम्म भेटवार्ता हुनेछ । बुधबार राति समकक्षीको स्वागतमा राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ ।

मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री ज्ञवाली र राष्ट्रपति हमितदबीच दुईपक्षीय हितका बारेमा कुराकानी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस