उत्तरी अफगानिस्तानमा सडक दुर्घटना, २८ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उत्तरी अफगानिस्तानमा सडक दुर्घटना, २८ जनाको मृत्यु


२६ कार्तिक २०७६, मंगलबार


अफगानिस्तान । उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए । जिल्ला प्रमुख लुतफुल्लाह हातिफले बिकट गाउँको धुलौटे बाटोमा गुडिरहेको मिनिबस खोंचमा झरेको बताए ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

गत सोमबार साँझ यस्तै किसिमको दुर्घटनामा ११ जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् । बाल्खाब जिल्लाको पहाडी सडकमा गुडिरहेको मिनिबस अनियन्त्रित भई नदीमा खसेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

सडकको दुरवस्था र चालकको लापरवाहीका कारण अफगानिस्तानमा बारम्बार गम्भीर सडक दुर्घटना हुने गरेको छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस