१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासनलाई उच्च प्राथमिकता : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। काठमाडौँस्थित अमेरिकी सेन्टर, नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग सङ्गठन मोरङशाखद्वारा संयुक्तरुपमा आयोजित ‘स्थानीय सरकारका पदाधिकारीका लागि सुशासन’सम्बन्धी तीनदिने तालीम आज शुभारम्भ गर्दै उनले जनताका सेवा प्रदायक निकायले विकास र पूर्वाधार निर्माणमा सुशासन कायम राख्न शून्य सहनशीलता अपनाएको जानकारी दिए ।

मुख्यमन्त्री राईले विकासमा पारदर्शिता नै सुशासनको पहिलो प्राथमिकता भएकाले नागरिकको यसमा प्रत्यक्ष सहभागिता र खबरदारीबाटै प्रतिफल प्राप्त हुनाका साथै सुशासन कायम गर्न सकिने विश्वास व्यक्त गरे ।उनले प्रदेश सरकारले विकास, नीति निर्माण तथा बजेट बाँडफाँटमा जनतालाई जोडेर कार्य गरिरहेको जानकारी दिँदै गरीबी निवारण, रोजगारी र सामाजिक क्षेत्रमा गरिने कार्यबाटै जनताले सुशासनको अनुभूति गर्ने बताए ।

मुख्यमन्त्री राईले स्थानीय सरकारबाट प्रदान गरिने सेवा छिटो, छरितो, सहज र सरल ढङ्गबाट नागरिकमा प्रदान गर्नु पर्नेमा जोड दिँदै जनता बलियो भए मुलुकमा सुशासन कायम भई ‘समृद्ध नेपाल सुखी नेपाल’ अभियान पूरा गर्न सकिने बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुशासनबाटै मुलुक र जनता समृद्ध हुने भएकाले निर्माण कार्यमा नागरिकको अनुगमन एवं निगरानी आवश्यक हुनेमा जोड दिए । अमेरिकी सेन्टरका प्रमुख सुलभराज भट्टले स्थानीय निकायले गर्ने कार्यमा सुशासन कायम राखी जनतालाई छिटो र छरितो सेवा प्रदान गर्न तालीम उपयोगी हुने विश्वास व्यक्त गरे

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, उद्योग सङ्गठन मोरङ शाखा अध्यक्ष भीम घिमिरे र तारा निरौलाले स्थानीय निकायका पदाधिकारीलाई कार्य सम्पादनमा सहज बनाउनका लागि सो तालीम आयोजना गरिएको बताए । प्रदेश नं १ र २ का महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुखको सहभागिता रहेको उक्त तालीम यसअघि अन्य चार प्रदेशमा सञ्चालन भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस