कति पुग्यो सुन चाँदीको भाउ ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कति पुग्यो सुन चाँदीको भाउ ?


२६ कार्तिक २०७६, मंगलबार


काठमाडौं। निरन्तर बढ्ने र घट्ने क्रममा रहेको सुनको भाउ मंगलबार स्थिर छ । साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेकोमा यो क्रम सोमबार समेत निरन्तरता पाएको थियो । तर मंगलबार सुनको मूल्य सोमबारकै कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि प्रतितोला छापावाल सुन ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला ७० हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस