सभामुख बनाउने भए मात्र राजीनामा दिन्छु : उपसभामुख शिवमाया « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सभामुख बनाउने भए मात्र राजीनामा दिन्छु : उपसभामुख शिवमाया


२६ कार्तिक २०७६, मंगलबार


काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्र उपसभामुख पदबाट राजीनामा दिने अडान लिएकी छन् । नेकपाले सभामुख आफ्नै पार्टी निकटकोलाई बनाउन उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फेलाई उपसभामुख पदबाट राजीनामा गराउने पक्रिया भइरहेका बेला उनले सो अडान लिएकी हुन् ।

सभामुख कृष्ण बहादुर महराले पदबाट राजीनामा दिए पछि सभामुख चयनको लागि नेकपाभित्र छलफल चलिरहेको छ । सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने भएकाले सभामुख पदमा नेकपाले आफ्नै पाटीको बनाउन उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ ।

संवैधानिक व्यवस्था अनुसार नेकपाले उपसभामुख र सभामुख एउटै पद मात्र लिन सक्नेछ । यसका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ ।

उपसभामुख तुम्बाहाम्फेले सभामुखमा आफूलाई निर्णय गरेपछि मात्रै राजीनामा दिने बताएकी छन् । उनले संविधानबारे आफू पनि जानकार रहेको बताउँदै आफू सभामुखको पहिलो हकदार रहेको बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस