भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका लता मंगेशकर आईसीयूमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका लता मंगेशकर आईसीयूमा


२६ कार्तिक २०७६, मंगलबार


काठमाडौं । गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । उनको मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

सोमबार दिउँसो उनलाई छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ ।

९० वर्षीया लता मंगेशकरको स्वास्थ्य गम्भीर भएकाले आईसीयूमा उपचार भइरहेको बताईको छ ।

भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस