भारतविरुद्ध हुने प्रदर्शनमा दमन नगर्न गृहमन्त्रीलाई पूर्व गृहराज्यमन्त्रीको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतविरुद्ध हुने प्रदर्शनमा दमन नगर्न गृहमन्त्रीलाई पूर्व गृहराज्यमन्त्रीको आग्रह


२५ कार्तिक २०७६, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले भारतविरूद्धको प्रदर्शनमाथि दमन नगर्न गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका छन् । संसदको राज्यव्यवस्था समिति बैठकमा सांसद कँडेलले गृहमन्त्री रामबहादुर थापालाई भारतविरूद्धको प्रदर्शनमा दमन नगर्न बताएका हुन् ।

भारतले नेपालको कालापानी आफ्नो नक्सामा राखेर नेपाली जनताको भावनाम आघात पुर्‍याएको भन्दै बिरोध जनाएका कडेलले सीमा सुरक्षालाई बलियो बनाउनुपर्ने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस