संसदीय समितिको बैठकमा उपस्थित भएनन् प्रधानमन्त्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसदीय समितिको बैठकमा उपस्थित भएनन् प्रधानमन्त्री


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री के पी शर्मा ओली उपस्थित भएनन् । सोमबार ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइए पनि उनी उपस्थित हुन सकेनन्।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल उपस्थित भएकी छन्। अर्यालका अनुसार स्वास्थ्यका कारण बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेका हुन्।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग पनि परेको विषयमा छलफल आजको बैठकमा समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको थियो। त्यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समितिको बैठकमा उपस्थित भएका छन्।

यसअघि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएर यो विषयमा छलफल गरिसकेका छन्।

शनिबार बसेको सर्वदलीय बैठकले कालापानी ,लिपुलेक, लिम्पियाधुरा नेपालकै भूभाग हो भन्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस