नेकपा बैठक : अनुशासन आयोगको अध्यक्षमा बोहोरा, मन्त्री हेरफेर भएन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा बैठक : अनुशासन आयोगको अध्यक्षमा बोहोरा, मन्त्री हेरफेर भएन


२५ कार्तिक २०७६, सोमबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले विभिन्न केन्द्रीय निकायहरुको अध्यक्ष र सचिव चयन गरेको छ । पार्टीले सांगठनीक एकीकरणको बाँकी कार्यभार पूरा गर्ने आफ्नो कार्यसूची बनाएकोमा केन्द्रीय निकायहरु गठन गर्ने कामले पूर्णता पाएको हो ।

केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकाय, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन् । यता, जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् ।

यसबाहेक सांगठनीक एकीकरणको बाँकी काम प्रवास संगठनको बारेमा पनि छलफल भएको छ ।

केन्द्रीय आयोग गठनमा अनुशासन, लेखा परीक्षण र सल्लाहकार आयोग पूर्व एमालेको भागमा परेको छ भने निर्वाचन आयोग र जेष्ठ कम्युनिस्ट मञ्च पूर्व माओवादी केन्द्रको भागमा परेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै पनि छलफल नभएको पनि जनाइएको छ । प्रधानमन्त्रीले सरकारको कामलाई प्रभावकारी र परीणाममुखी बनाउन चाहे मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस