रूप ज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

रूप ज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


२४ कार्तिक २०७६, आइतबार


काठमाडौँ । व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले रूप ज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । यसअघि शुक्रबार तीन दिनको म्याद दिएकोमा उक्त म्याद सकिएपछि फेरि म्याद थप्न प्रहरीले आज अदालत लगेको थियो।

बिहीबार सिंगापुरबाट फर्कँदै गर्दा एयरपोर्टमा पक्राउ परेका उनलाई छोरी सुरुचीसहितलाई प्रहरीले पक्राउ गरेको थियो ।

ज्योति सञ्चालक रहेको सिई कन्स्ट्रक्सनले निर्माण गरेको ल्यान्डमार्क हाउजिङका लागि जाहेरीकर्ता विकेन्द्रकृष्ण मल्लले २ करोड २७ लाख रूपैया दिएको र पछि फिर्ता नगरेको अभियोग उनीमाथि लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस