लौह पुरुष गणेशमान सिंहको १०५ औँ जन्म जयन्ती « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

लौह पुरुष गणेशमान सिंहको १०५ औँ जन्म जयन्ती


२४ कार्तिक २०७६, आइतबार


काठमाडौं । लौह पुरुष गणेशमान सिंहको १०५ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली कांग्रसका संस्थापक नेता सिंहको सम्झनामा कांग्रेस र उसको भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन् ।

दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तयारी रहेको छ । बिहान शोभा भगवतीमा रहेको सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

यस्तै, साँझ ५ बजे विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्विप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

राणा कालको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिंहको योगदान अतुलनीय मानिन्छ । सिंह नेपाली राजनीतिका संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् ।

सिंहले विपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस