‘पुर्खाको नासो जनताको हक खुल्ला ठाउँलाई खुल्लै राखौं’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘पुर्खाको नासो जनताको हक खुल्ला ठाउँलाई खुल्लै राखौं’


२३ कार्तिक २०७६, शनिबार


काठमाडौं । अतिक्रमित टुँडिखेल बचाउन ‘अकुपाइ टुँडिखेल’ नामक अभियानले सरकारलाई टुँडिखेल संरक्षणको दवाव दिएको छ । शनिबार बिहान आठ बजे तीन हजार जनाको मानव साङ्लो बनाई टुँडिखेल बचाउको लागि सरकारलाई ध्यानाकर्षण गराइएको हो ।

अभियानमा पूर्व प्रधानमन्त्री डा( बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत सहभागी थिए ।

खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको उदघाटन पछि संरक्षणको सन्देश दिन मानवसाङ्लो बनाइएको बताइएको छ ।

हरियो रङ्को रिबन टाँगेर टुँडिखेल घेराउ गरिएको थियो । अभियन्ताहरुले ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर सुरु गरिएको यो अभियानअन्तर्गत तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने बताइएको छ । टुँडिखेल नै मासिने अवस्था आएकाले ‘अकुपाई टुँडिखेल’ अभियानको सूरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस