वडाध्यक्ष सहित २८ जुवाडे पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वडाध्यक्ष सहित २८ जुवाडे पक्राउ


२२ कार्तिक २०७६, शुक्रबार


pakrau

काठमाडौँ । नेपाल प्रहरीले कौडा(जुवा) खेल्दै गरेको अवस्थामा राइनास नगरपालिका ७ का वडाध्यक्ष माधव पराजुलीसहित २८ जनालाई पक्राउ गरेको छ ।

धमिलिकुवाको पाँचभाइ चौताराबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भोटेओडारका इन्सपेक्टर राजेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति साढे १२ बजेदेखि पौने १ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको प्रहरी अधिकारीले बताएका छन् ।

उनीहरुको साथबाट १ लाख ७१ हजार ६ सय १२ रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ । जुवाको २ खालबाट ८३ हजार २ सय ३५ रुपैयाँ र उनीहरुका साथबाट ८८ हजार ३ सय ७७ रुपैयाँ बरामद गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस